
प्रार्थना
प्रार्थना भनेको परमेश्वरसँगको बातचित हो । परमेश्वरले तपाईको प्रार्थनाको उत्तर तत्कालै नदिएता पनि तपाईको प्रार्थना प्रति उहाँको ध्यान महशूस गर्न सक्नुहुनेछ ।
परमेश्वरलाई प्रार्थना गर्दा आफ्नो प्रार्थनामा इमान्दार हुनुहोस् ( हिबू्र १०ः२२) । तपाई के गर्दै हुनुहुन्छ भन्ने कुरा उहाँलाई पहिले नै थाहा छ । उहाँ तपाईको सृष्टिकर्ता भएकोले उहाँलाई सम्पूर्ण आदर दिनुहोस् जसको उहाँ हकदार हुनुहुन्छ ।ु
जसरी परमेश्वर तपाईलाई प्रेम गर्नुहुन्छ त्यसरी नै उहाँले तपाईको प्रार्थनाको उत्तर पनि दिनुहुन्छ । उहाँ हामी भन्दा धेरै बुद्घिमान् हुनुहुन्छ किनकी त्यसैले उहाँका योजनाहरु हामीले बुझ्ने भन्दा महान् छन् त्यसैले तपाईको प्रार्थनाको उत्तर तपाईले सोचेको जस्तो सधँै हुदैन ।
कहिले काँही तपाईको जीवनमा परमेश्वरको योजना बुझ्न समय लाग्छ । कहिले काँही तपाईले संघर्ष भोग्नुपर्ने हुनसक्छ, मानिसहरुले हानी पु¥याउन सक्छन्, कठिन परिस्थितीहरुमा पर्न सक्नुहुन्छ । जब तपाईले कसैको र केही कुराको निम्ति प्रार्थना गर्नुहुन्छ अनि प्रतिफल तपाईले आशा गर्नुभए अनुसार आएन भने निराश नहुनुहोस् । कहिलेकाँही तपाईको धैर्यतालाई जाँचमा राखिएको हुन्छ र नतिजा तपाईले अपेक्षा गरेको भन्दा अलि फरक हुनसक्छ ।
एक असल संसारिक पिता जस्तै, परमेश्वर आफ्ना नानीहरुको ख्याल राख्नुहुन्छ र तिनीहरुको दीर्घकालिन हितको बारेमा हेर्नुहुन्छ ।