परमेश्वर तपाईलाई प्रेम गर्नुहुन्छ

परमेश्वर तपाईलाई प्रेम गर्नुहुन्छ

परमेश्वर आफ्नो सृष्टिलाई प्रेम गर्नुहुन्छ, तपाईलाई पनि प्रेम गर्नुहुन्छ । उहाँ आफ्नो सृष्टिले उहाँलाई प्रेम गरेको चाहनुहुन्छ । तर धेरै जसो मानिसहरुले आफ्नो सृष्टिकर्तालाई स्वीकार्न रोज्दैनन् तर त्यसको साटो उनीहरु आफ्नो जीवनमा जसो गर्दा खुशी हुन्छ त्यही गर्छन् ।

परमेश्वर पवित्र आत्माद्धारा आफ्ना मानिसहरुसँग संचार गर्न चाहनुहुन्छ । पवित्र आत्मा ग्रहणगर्न तपाईले पहिला परमेश्वरलाई आफ्नो सृष्टिकर्ता र येशू ख्रीष्टलाई तपाईको मालिक र मूक्तिदाताको रुपमा ग्रहण गर्नुपर्छ ।

तपाईको छनोटमा भएको स्वतन्त्रताले तपाईलाई सही र गलत निर्णय लिन दिन्छ । यदि सबै कुरा सहज र स्पष्ट भई दिएको भए त्यहाँ वास्तवमै एउटै मात्र विकल्प हुनेथियो । अब छनोट तपाईको हो किनकी तपाईलाई सत्य थाहा छ ।

यो चाहि सित्तैको अवसर जस्तै हो । यस्तो चिजले बनेको अवसर ः जसमा तपाईले परमेश्वरको पूत्र येशू ख्रीष्टले हाम्रो पापको मोल तिर्नुभयो र हामीलाई अनन्तको मृत्यूबाट बचाउनुभयो भनी विश्वास गर्नु पर्छ । यदि तपाई विश्वास गर्नुहुन्न र यसलाई वेवास्ता गर्नुहुन्छ र आफ्नै तरीकाले जीवन बिताउनुहुन्छ भने तपाई साच्चै नै परमेश्वरलाई इन्कार गर्दै हुनुहुन्छ त्यसका साथै तपाई र उहाँ बीचको सम्बन्ध सम्भव हुनेछैन ।

के तपाई आज छनोट गर्न तयार हुनुहुन्छ ?

के तपाई यो अवसर स्वीकार्न तयार हुनुहुन्छ ?

.