एउटा सामधान

एउटा सामधान

परमेश्वर परिवर्तनशिल हुनुहुन्न, नता उहाँका व्यवस्थाहरु । के एक स्वार्थी अपवित्र मानिस परमेश्वरको उपस्थितिमा रहन सक्छ ? सिद्धताले असिद्धतालाई सहन सक्दैन । जस्तै एक थोपा विषले एक गिलास पुरै पानीलाई विशूद्ध पार्छ । उहाँ आफैमा सिद्ध हुनुभएकोले, परमेश्वरले तिनीहरुलाई सजाय दिनैपर्छ जसले गलत निर्णय लिन्छ । यदि अनाज्ञाकारीताको सजाय मृत्यु रहेछ भने के त ? एउटा गलत निर्णय अनि तपाई बाहिर ।

परमेश्वर प्रतिकोे बेवास्था र इन्कारले जीवनपछि परिणाम स्वरुप अनन्तको मृत्यु ल्याउन सक्छ, परमेश्वर बिनाको डरलाग्दो भविष्य । अब के त, यदि कोही मानिस पुरै पवित्र छ र जसको सिद्धता हाम्रो सृष्टिकर्ता परमेश्वर जति नै छ भने ? के त यदी त्यो मानिस हामी र परमेश्वरबीचको मध्यस्तकर्ता हुनुहुन्छ भने ? यस्तो व्यक्ति जसले तपाईका सबै गल्तीहरु र हुन आउने गल्तीहरु पनि एकै पटकमा क्षमा गर्नुहुन्छ ।

कस्तो मानिसले चाहि यस्तो काम गर्न सक्ला ? साधारण असिद्ध मानिसमा यस्तो क्षमता हुदैन । त्यसकारण, यी केही आवश्यक शक्ति र गुण भएको सिद्ध प्रकारको सृष्टि हुनुपर्छ । यी मानिस जसमा शक्ति र ती काम गर्ने क्षमता भएको यस्तो प्रकारको हुनुपर्छ । कोही सिद्ध । अरु कुनै मानिसले यस्तो दया देखाउन सक्दैन । एक पटक या दुई पटक दया देखाउन सक्ला, त्यसपछि ऊ आफ्नै काममा व्यस्त भईहाल्छ । यसले कुचक्र उत्पन्न गराउन सक्छ ।

तपाईको रोजाई के हुनेछ ?

मान्नुहोस, तपाई र परमेश्वर बीच वास्तवमै एक सिद्ध मानिस, मध्यस्थकर्ता र सम्बन्ध पुर्नस्थापना गर्ने व्यक्तित्व हुनुहुन्छ, जसले हामीले हाम्रो जीवनमा गरेको सबै गल्तीहरुको मुल्य तिरीदिनुहुन्छ । कोही यस्तो जसले तपाईको निम्ति यस्तो ठुलो काम गर्नुभयो जुन काम तपाई कहिले पनि बिर्सन सक्नुहुन्न ।

के यो सबैभन्दा बढी मुल्य दिएर चुकाउन सकिन्न, आफ्नो प्राण तपाईको निम्ति बलिदान दिएर ?

यदि परमेश्वरले साँच्चिनै तपाईले आफैले आफ्नो जीवनमा असिद्धता र गलत छनोटले ल्याएको समस्याहरु समाधान गर्न कोहि यस्तो मानिस पठाउनु भएको रहेछ भने के त ? कसैले आफ्नो जीवन दिएर तपाईलाको पुर्ण क्षमाको लागि मुल्य चुकाउनु भएको छ ?

अब यहाँ एउटा ठूलो कदम छ ः यस्तो केहि जसमा तपाई विश्वास गर्न पनि सक्नुहुन्छ की सक्नुहुदैन । तपाईसँग छनोटको स्वतन्त्रता छ त्यसकारणले मान्नुस् या नमान्नुस् यो तपाईमा भर पर्छ ।

तपाईको समस्याको सामाधानको लागि परमेश्वरले एउटा मध्यस्थकर्ता र सम्बन्ध मिलाउने व्यक्तित्व पठाउनुभयो । परमेश्वरले आफ्नो एकमात्र पुत्र येशूख्रिष्टलाई यस संसारमा तपाईको समस्याकोसामधानको लागि पठाउनुभयो । येशू सिद्ध मानिस हुनुहुन्छ कुनै पनि खोट र त्रृटि रहित हुनुहुन्छ । जे भएपनि यहाँले यस पृथ्वीमा आफ्नो जीवनकालभरी एउटै प्रकारको चुनौतीहरुको सामना गर्नुभयो जुन अहिले हामीसँग छ । येशूले आफ्नो प्रेम क्रूसमा प्राण त्यागी एकदमै उच्च मूल्य तिरेर देखाउनु भयो । तपाईको निम्ति उहाँले आफ्नो रगत बगाउनुभयो । तपाईको जीवनको अहिलेसम्म गर्नुभएका र हुन आउने सबै गल्तीको क्षमाको मुल्य उहाँकै जीवन भयो ।

येशू तीन दिनसम्म मृत रहनु भयो , अनि उहाँ मृत्यूभन्दा पनि शक्तिशाली हुनुहुन्छ भनेर प्रमाणित गर्नुभयो ः उहाँ मृत्यूबाट जीवित हुनुभयो ।

के यो महान मुल्य होइन जुन उहाँले चुकाउनुभयो, यी सबै तपाई र सृष्टिकर्ताको सम्बन्ध अनन्तका लागि पुर्ननिर्माण गर्नको लागि गर्नभयो ।

सबै भन्दा राम्रो प्रस्ताव

सबैभन्दा उच्च मूल्य चाहि परमेश्वरले चुकाउनुभयो ः उहाँले आफ्नो एकमात्र पूत्र तपाईको निम्ति बलिदान गर्नुभयो । उहाँले बदलामा एउटै कुरा माग्नुहुन्छ की येशू खी्रष्टलाई आफ्नो पापको उद्धारकर्ता र आफ्नो जीवनको मालिक भनी विश्वास गर्नु ।

यदि तपाई यो विश्वास र ग्रहण गर्नुहुन्छ भने, तपाई आफ्नो सृष्टिकर्ताको योजनाको भाग बन्न सक्नुहुन्छ । तपाईको भविष्य तपाईले कल्पना नै नगरेको भन्दा असल हुनेछ ।

तपाईलाई यो सबै नयाँ कुरा हुनसक्छ । यदि तपाईलाई येशू ख्रीष्टको बारेमा अझै जान्न मन छ भने यी लिंकहरुमा हेर्नसक्नुहुन्छ ।

येशूको जीवन येशू

परमेश्वरको पूत्र

दन ६ मा सोच्नुपर्ने प्रश्नहरु ः

के तपाईलाई थाहा भयो, कि हामी परमेश्वरसम्मको सिद्धतामा कहिल्यै पुग्न सक्दैनौ ?

के तपाईलाई थाहा छ कि परमेश्वर तपाईलाई प्रेम गर्नुहुन्छ ?

के तपाई विश्वास गर्नुहुन्छ कि परमेश्वरले हाम्रो पाप क्षमाको लागि आफ्नो पूत्र येशूलाई यस पृथ्वीमा पठाउनुभयो ? कृपया भोलि फेरी आउन नभुल्नुहोला ।

मण्डलीहरु

मण्डलीहरु

जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु...
बप्तिष्मा

बप्तिष्मा

बप्तिष्मा चाँही तपाई येशूको साँचो चेला हुनुहुन्छ भनी मानिसहरुलाई देखाउने एक बाहिरी चिन्ह हो । प्रक्रृयाहरु धरै साधारण छ ।...
प्रार्थना

प्रार्थना

प्रार्थना भनेको परमेश्वरसँगको बातचित हो । परमेश्वरले तपाईको प्रार्थनाको उत्तर तत्कालै नदिएता पनि तपाईको प्रार्थना प्रति उहाँको ध्यान महशूस गर्न...
पवित्र आत्मा

पवित्र आत्मा

बाईबलले परमेश्वर वास्तवमा तीन व्यक्तित्व हुनुहुन्छ भनी सिकाउँछ । यसलाई त्रिएक पनि भनिन्छ । हामी मानिस जातिलाई एक अस्तित्वमा तीन...
येशू परमेश्वरका पूत्र

येशू परमेश्वरका पूत्र

किन येशूलाई “परमेश्वरका पूत्र” भनिन्छ ? येशू आफैले भन्नुभयो कि उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ ः तब तिनीहरु सबैले भने, “त्यसो...
येशूको जीवनी

येशूको जीवनी

तपाईले भर्खरै अध्ययन गर्नू भयो कि, परमेश्वरले आफ्नो एक्लौटे पुत्रलाई यस संसारमा मानिसको रुपमा पठाउनु भयो । येशू (जसलाई ख्रीष्ट...
केहि उपयोगी बाइबल पद

केहि उपयोगी बाइबल पद

बाईबलका केही महत्वपूर्ण पदहरुपरमेश्वरको प्रेम युहन्ना ३ः१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि...
बाइबल, परमेश्वरको वचन

बाइबल, परमेश्वरको वचन

यो बाइबल क्रमबद्ध भएको पुस्तक होईन । वास्तवमा यो एउटा मात्रै पुस्तक होईन, तर ६६ ओटा पुस्तकहरुको संग्रह हो ।...