जीवनको अथ

जीवनको अथ

प्रश्नोत्तरमा जानुभन्दा पहिला जानौ, कि सृष्टिकर्ता तपाई प्रति रुचि राख्नुहुन्छ या राख्नुहुन्न?आउनुहोस् उहा“ र उहा“को योजना बारे अझै पत्ता लगाउन कोशिस गरौ ।किन सृष्टिकर्ताले ब्रमाण्ड, पृथ्वी र यसमा भएका यावत थोक बनाउन आवश्यक थियो ?के उहा“ आफ्नो पहिलाकै स्थितिमा सन्तुष्ट हुन सक्नुहुने थिएन र? कि के उहाँ दिक्क लागेर नयाँ सृष्टिको खोजीमा हुनुहुन्थ्यो ? कि उहा“ जोखिम मोलेर केही नयाँ वस्तु बनाउने र आफ“ै चकित अचम्भित हुने व्यक्तित्व हुनुहन्छ ?

र अब उहा“को सृष्टिमा त्यस्तो केही पनि आनन्द छैन भनेर थाहा पाए पछि पनि किन उहाँले ती सबै नष्ट गर्नुभएन ?के त यदी हाम्रो सोँचले पनी नभ्याउने भन्दा अझ“ै ठूलो योजना उहाँसँग छ भने?त्यो योजना कस्तो प्रकारको हो भनेर कसरी थाहा“ पाउन सक्छौ त ?

एउटा ठूलो योजना

के उहाँले यी सबै सृष्टि बनाउनुभएको कारण उहाको सृष्टिले आप्mनो महानता देख्न सकुन् भनेरहो?कसरी एउटा सृष्टिले आफ्नो सृष्टिकर्ता प्रति आदर र कृतज्ञता देखाउन सक्छ ? यसमा चाहि निर्णयकोे स्वतन्त्रताले धेरै फरक पार्छ । यदी एउटा सृष्टिले आफ्नो सृष्टिकर्तालाई स्वीकार र आदर गर्छ भने इन्कार पनी गर्न सक्छ । इन्कार गर्छ भने यो चाही“ सबभन्दा लाजको कुरा हो । यो यस्तो हो कि, एउटा बालकले आफ्नो जन्म दिने आमाको अस्तित्वलाई नै इन्कार गरेको जस्तै हो

त्यस्तो सृष्टि आफ्नो महान सृष्टिकर्ताको अगाडी कसरी खडा हुने आँट गर्छ ? सृष्टिकर्ताले सिद्धताको माग गर्नुपछ , र उहाँ सिद्व नैतिकतामा शूद्व हुनुहन्छ , यो हामी आफ्नो वरीपरि हेरेर पनी थाहा गर्न सक्छा“ै । यदि उहाँ आफैमा सिद्ध, पवित्र र स्थिर नहुनु भएको भए, यो पुरै ब्रमाण्डनै भद्रगोल अवस्थामा हुनेथियो ।

प्रकृति क्रमबद्ध छ, त्यो हामी अहिले पनी देख्न सक्छौ । सबै वस्तुहरू आफ्नै नियममा चलिरहेको छन् । प्रकृतिको आफ्नै नियमले जीवनलाई छरपष्ट हुनबाट बचाईरहेको छ । यी नियमहरू बदल्न र टुक्राउन मिल्दैन नत्रता सबै प्रणालीहरू बिग्रीन्छन् ।

यी सबै नियमको परिणाम चाहि यो हो की केही गडबडी भयो भने समस्या आफैं आउँछ । यो जीवनमा सबैले भोगेकै र जानेकै कुरा हो । उदाहरणको लागि, तपाई गुरूत्वाकर्षणलाई अस्वीकार गर्न सक्नुहुन्न । तपाई यसलाई आफ्नै पारामा बदल्न सक्नुहुन्न र यसकै रुपमा चल्नुपर्छ ।

यो सृष्टिकर्तासँगको सम्बन्धमा पनि यस्तै हो, यदि तपाई उहाँलाई उपेक्षा गर्नु हुन्छ अनि उहाँको योजना पालन गर्नु हुन्न भने, अब तपाई केही कामको रहनुहुन्न । जस्तै एउटा किसानले आफ्नो खेतबाट झारहरु उखेल्छ र पछि गएर उसले सोचेकै जस्तो अन्न कटनी गर्छ । सृष्टिकर्ता चाहि छर्लङ्ग हुनुपर्छ , सही हो भने सही वा गलत हो भने गलत । उहाँलाई बहकाउन सकिदैन, उहाँको यो गुणलाई प्रकृतिको नियमसँग अनुमानित गर्न मिल्छ ।

के तपाई योजना भित्र हुनुहुन्छ ?

यदी एउटा सृष्टिले आफ्नो सृष्टिकर्तालाई इन्कार गर्दा न्याय हन्ुछ भने छनोटमा दिइएको स्वतन्त्रता खोइ त ? जीवनमा सधै छनौट गर्नुपर्ने समय र परिस्थिति आउँछ, केहि क्षण पछि त्यो समय पनी सकिन्छ । यदि सृष्टिले आफ्नै सृष्टिकर्तालाई इन्कार गरिरहन्छ भने,अन्त्यमा त्यो सृष्टि केही कामको रहदैन ।

सायद तपाईले आफ्नो वरिपरी भएको मानिसले योजना भन्दा छुट्टै जीवन यापनका गरेका परिणामहरू देख्न सक्नुहुन्छ

किन धनी मानिस यहाँसम्म कि प्रख्यात र स्वस्थ्य मानिसहरुले पनि आफ्नो जीवनसँग खासै सन्तुष्ट छैनन् ?

किन धेरै जसो धनी र पहँुचमा भएका मानिसहरू पनी आफ्नो अहोदा देखि सन्तुष्ट छैनन् ?

के पर्याप्त भौतिक आधरहरूले पनि सबै मानिसहरूलाई सन्तुष्ट पार्न सकेको छ ?

किन धेरै जसो मानिसहरू मर्न देखि डराउँछन् , मृत्यूपछि जीवनको अन्त्य हुन्छ भनेर हो ?

आजलाई यतिमात्र, यसबारे अझै सोच्नुहोस्

के तपाई सृष्टिकर्ताको योजनासँग चितपरिचित हुनुहुन्छ ?

के तपाई आफुलाई उहाँको योजनामा पाउँदै हुनुहुनछ ?

के तपाई पृथ्वीको जीवन पश्चात् यस अद्भुत सृष्टिकर्ताको अगाडी आफैलाई खडा गराउन सक्नुहुन्छ?

सृष्टिकर्ता र तपाई बीचको सम्बन्धको बारेमा एकछिन गहिरिएर सोच्नुहोस् । तपाईहरूलाई भोलिको लागि अग्रिम स्वागत गर्दछौ ।