
मण्डलीहरु
जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु ख्रीष्टियानहरुसगँ मिलेर आफै नयाँ मण्डली खोल्न सक्नुहुन्छ ।
साधारण रुपमा भन्नुपर्दा, मण्डली भनेको सारा विश्वभर भएका ख्रीष्टियानहरुको जमात हो । सामाजिक तौरमा भन्नुपर्दा मण्डली चाही ख्रीष्टियानहरु भेट्ने र परमेश्वरलाई प्रशंसा गर्ने ठाँउ हो ।
तपाई यदी मण्डलीमा जान चाहनुहुन्छ भने तपाई आफ्नो ठाँउ वरिपरीको केही मण्डलीहरुमा जानसक्नुहुन्छ । जसरी मानिसहरु एकअर्कामा भिन्न छन् त्यसरी नै मण्डलीहरु बीच पनि केही भिन्नताहरु हुनसक्छ ।ु
मण्डलीको छनावट गर्दा, ती मण्डलीका ख्रीष्टियानहरु बाईबल परमेश्वरको वचन हो भनेर विश्वास गर्छन् की गर्दैनन् भन्ने कुरा ध्यानमा राख्नुपर्छ । यदी त्यहाँका ख्रीष्टियानहरुले बाईबलका सबै कुराहरु सत्य छैनन् वा बाईबल बाहेक त्यहाँ अरु धरै नियमहरु छन् वा तिनीहरु मूर्तिपुजा गर्छन् भने राम्रो यही हुन्छ की तपाई अर्को मण्डली खोज्नुहोस् ।
मण्डलीमा आउने ख्रीष्टियानहरुका जीवनशैलीलाई हेरेर त्यो मण्डलीको केन्द्र चाही परमेश्वर हुनुहँुदोरहेछ तपाई थाहा पाउन सक्नुहुन्छ ।
एउटा असल मण्डलीले “एउटा ख्रीष्टको परिवार” जस्तो व्यवहार गर्छ ; परमेश्वरलाई प्रशंसा गर्न , तिनीहरु सँगै विश्वासमा बढ्न, एकअर्कामा वचन बाँड्न एकअर्कालाई सहायता गर्छन् । ख्रीष्टियानहरु ख्रीष्ट जस्तै बन्नका लागि एकअर्कामा प्रेम देखाउँछन् , एकअर्कालाई सहायता गर्छन् ।