बाइबल, परमेश्वरको वचन

बाइबल, परमेश्वरको वचन

यो बाइबल क्रमबद्ध भएको पुस्तक होईन । वास्तवमा यो एउटा मात्रै पुस्तक होईन, तर ६६ ओटा पुस्तकहरुको संग्रह हो । यसमा इतिहासका पुस्तकहरु, जीवनीहरु, कविताहरु, अगमवाणीहरु र पत्रहरु इत्यादिहरुको समावेश भएको पाईन्छ । बाइवल एउटा पुरानो पुस्तक पनि हो । यसको केही भागहरु करिब ३५०० बर्ष अघि लेखिएको हुन् । यसको अर्थ यो होईन कि वर्तमान समयमा पनि यसको महत्व हुदै अएको छैन भन्ने होईन् । हरेक जसले बाइवल अध्यायन गर्दछन् ती व्यक्तिहरुले थाहा गर्दछन कि परमेश्वरको वचन आजको दिन सम्म पनि हाम्रो जिवनीमा प्रयोग भएको पाईन्छ ।

यो स्वर्गबाट तल खसालीएको होइन ।हामीलाई थाहा छ कि बाइबलको स्वरुप, यो पृथ्वीमा खसालिएको होइन । बाइबलको पहिलो उत्पत्तीको पुस्तक र अन्तिम पुस्तकबिच करिब १००० बर्षको अन्तर रहेको पाइन्छ । यो एउटा फरक फरक लेखहरुमा संग्रहित भएको पुस्तक हो । बाइबलमा विशेष प्रकारले विभिन्न लेखहरु समावेश भएको पाइन्छ । “बाइबल” भन्ने शब्द ग्रीक भाषाको “विविलीया” बाट उदृढ गरिएको हो , जसको अर्थ “पुस्तकहरु” भन्ने बुझिन्छ । यी पुस्तकहरुलाई यहुदीहरु र ख्रीष्टियनहरुले पवित्र वचनको रुपमा लिन्छन् । यो छापिएको र अवद्ध गरिएको पुस्तकमा २ ओटा भागहरु रहेको पाईन्छ , जसमा ६६ ओटा पुस्तकहरु, सय भन्दा बढी अध्यायहरु र हजार भन्दा बढी पदहरु समावेश भएको पाईन्छ । यो पुस्तकहरुमा भएका फरक फरक लेखहरुको संग्रहहित हुनुमा धेरै लामो इतिहास रहेको पाईन्छ । धेरै जसो घटनाहरु, धार्मिक नियमहरु र उपदेशहरु, कथाहरु, भजनहरु, विचारहरु, अगमवणीहरु र बोलिने कुराहरु मौखिक रुपमा पुस्तादेखि पुस्ता सम्म नै एक पछि अर्काे गर्दै हस्तान्तरण हुदै गएको पाईन्छ ।

केही लेखहरुबाइबलका यी पुस्तकहरु करिब करिब १००० वर्षको अवधिमा , प्राय १००० बि.सी. र १०० ई.सं. बिचको समयमा फरक समयहरु र फरक स्थानहरुमा लेखेका थिए । केही लेखहरु कवितात्मक रुपमा, केही अरु भाषामा भएको जस्तै, केही संसोधन गरिएको र केही भागहरु चाहिं अन्य खण्डहरु र कथाहरुबाट सभार गरिएको पाउन सकिन्छ । यो पापरस वा चर्मपत्रहरुमा हातद्धारा लेखिएको थियो । प्राय सबै खण्डहरु सुरक्षित भने छैनन् । तथापी, यी सबै खण्डहरु असल रुपमा क्यानोन ( जसलाई परमेश्वरको वचन खण्ड मापन गर्न प्रयोग गरिन्छ ), भित्र पर्न सकेको भने पाईन्दैन । यसमा भएको लम्वाई र देखा परेका समस्याहरु छन कि छैनन भन्ने तत्वले मात्रै वास्तविक रुपमा पछि थाहा गर्न सकिन्छ कि यो अधिकारीक वा अधिकारप्राप्त पुर्ण रुपले यो खण्ड पवित्र धर्मशास्त्रको हो कि होईन भनेर थाहा गर्न सकिन्छ ।

किन स्पष्ट र खाकाको रुप रेखा छैन ।

यहाँ हामी स्वतन्त्रताको छनोटलाई फर्केर हेर्न सक्छौ । यदि यो एउटा जीवनको संचालनको गर्ने ढाँचा रुपमा हेर्दा छौं भने यो सानो छनोटको हुन सक्ने सम्भावना छ ।

बाईबलले जीवनको महत्तवपुर्ण चरणहरुलाई र मार्गदर्शन ( आज्ञाहरु ) समावेश गरिएको पाईन्छ जुन मानिसहरुले पालना गर्नै पर्दछ । धेरै जसो यी आज्ञाहरु मानिसहरुको आफ्नै लाभको निम्ति हुने गर्दछ । यहाँ सबै भन्दा महत्तवपुर्ण आज्ञा प्रेम हो । ( बाइवलमा ः १ कोरिन्थ १३ )परमेश्वरसंग भएको सन्देश उहाँले मानिसद्धारा बोल्नु भयो, बाइबलद्धारा सन्देश जीवनमा आयो, हामी देख्न सक्छौ कि मानिसहरु र सम्पुर्ण विश्व नै तिनीहरुको आफ्नै छनोटको कारण कठिनाई भग्दैछन् । तिनीहरु जसले परमेश्वरलाई इमान्दारीपुर्वक छनोट गर्दछन् तिनीहरुले उहांको योजना पनि थाहा गर्न सक्दछन् । तर ती मानिसहरु जसले परमेश्वरको विरोधको कुराहरुको छनोट गर्दछन् तिनीहरुको कुनै भविष्य हुदैन ।

थप जानकारीबाइबलले मुख्य दुई ओटा भागलाई जोड दिदछ , पुरानो करार र नयाँ करार । पुरानो करारले मानिसहरुको सृष्टिको बारेमा वर्णन गर्दछ जसमा परमेश्वरले मानिसहरुलाई उहाँको आफ्नै प्रजा हुन चुन्नु भयो । हरेक चुनौतिको अवस्थामा पनि परमेश्वरमा पुर्ण विश्वास योग्य रहने मानिसहरु बचाइने छन् । सम्पुर्ण पुरानो करारले येशूको बारेमा बताउद छ । ( हेर्नुहोस् ः येशूको थप जानकारी )

नयाँ करारले येशू संसारमा रहदाको जीवनको बारेमा बताउदछ , धेरै पुरानो करारमा भएको अगमवाणीहरु पुरा भएको बारेमा पनि बताउद छ । ( थप जानकारी शिर्षकमा पाउनु हुनेछ ) । नयां करारले येशू संसारमा रहनु हुदा मानिसहरुले देखेका घटानाहरु बारे बताउद छ र छोटकरीमा यसले येशूले सिकाउनु भएको विषयहरु, क्रुसको घटना र पुनरुत्थानको बारेमा पनि बताउद छ ।जब तपाईले बाइवललाई शुरु देखि अन्त्य सम्म अध्यायन गर्नु हुन्छ , तपाईले समान्य कुरालाई सिक्न सक्नु हुनेछ । मुख्य कुरा चाहिं परमेश्वरको सृष्टिप्रति उहांको प्रेम बारे हो ,तर तपाईले ती मानिसहरुको बारेमा पनि थाहा गर्न सक्नु हुनेछ कि जसले परमेश्वरलाई त्यागेका थिए । परमेश्वरको प्रेमले गर्दा उहाँको पुत्रद्धारा गर्नु भएको कार्यमाथि जसले विश्वास गर्दछ ती मानिसहरुले मृत्युमाथि पनि विजय प्राप्त गर्ने छ ।

थप जानकारीको लागि हाम्रो लिङ्कमा हेर्नु सक्नुहुनेछ ।

मण्डलीहरु

मण्डलीहरु

जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु...
बप्तिष्मा

बप्तिष्मा

बप्तिष्मा चाँही तपाई येशूको साँचो चेला हुनुहुन्छ भनी मानिसहरुलाई देखाउने एक बाहिरी चिन्ह हो । प्रक्रृयाहरु धरै साधारण छ ।...
प्रार्थना

प्रार्थना

प्रार्थना भनेको परमेश्वरसँगको बातचित हो । परमेश्वरले तपाईको प्रार्थनाको उत्तर तत्कालै नदिएता पनि तपाईको प्रार्थना प्रति उहाँको ध्यान महशूस गर्न...
पवित्र आत्मा

पवित्र आत्मा

बाईबलले परमेश्वर वास्तवमा तीन व्यक्तित्व हुनुहुन्छ भनी सिकाउँछ । यसलाई त्रिएक पनि भनिन्छ । हामी मानिस जातिलाई एक अस्तित्वमा तीन...
येशू परमेश्वरका पूत्र

येशू परमेश्वरका पूत्र

किन येशूलाई “परमेश्वरका पूत्र” भनिन्छ ? येशू आफैले भन्नुभयो कि उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ ः तब तिनीहरु सबैले भने, “त्यसो...
येशूको जीवनी

येशूको जीवनी

तपाईले भर्खरै अध्ययन गर्नू भयो कि, परमेश्वरले आफ्नो एक्लौटे पुत्रलाई यस संसारमा मानिसको रुपमा पठाउनु भयो । येशू (जसलाई ख्रीष्ट...
केहि उपयोगी बाइबल पद

केहि उपयोगी बाइबल पद

बाईबलका केही महत्वपूर्ण पदहरुपरमेश्वरको प्रेम युहन्ना ३ः१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि...
बाइबल, परमेश्वरको वचन

बाइबल, परमेश्वरको वचन

यो बाइबल क्रमबद्ध भएको पुस्तक होईन । वास्तवमा यो एउटा मात्रै पुस्तक होईन, तर ६६ ओटा पुस्तकहरुको संग्रह हो ।...

Comments are closed.