तपाइको जीवनको बारेमाएक हप्ता सोच्नुहोस्

तपाइको जीवनको बारेमाएक हप्ता सोच्नुहोस्

तपाई किन जीउनु हुन्छ ? तपाइको यो जीवन पछि के हुन्छ ? हामी तपाईलाई एक हप्ता तपाइको जीवन र भविष्यको बारेमा सोच्नको निम्ति चुनौती दिन चाहन्छौ ।

विज्ञानले यस ग्रहमा जीवन निर्वाह गर्नको लागि चाहिने धेरै तत्वहरु पत्ता लगाएको छ कि जीवनलाई यो विश्वमा भएका सबै कारक तत्वहरु अनिवार्य छन् । स्वत स्र्फुत रुपमा जीवन शुरुवात हुनु असम्भव हुन्छ । त्यसैले…………किन यो असाधारण पृथ्वीको विशाल ठाँउमा जटिलताले भरिएको जीवन छ ? के यो सबैको पछाडि एक योजना बनाउने वा रुपरेखाकार छ ?रुपरेखा खिच्नका लागि वा योजना बनाउनका लागि तपाइलाई योजनाकारको खाँचो पर्छ ।

हो ! त्यहाँ योजनाकार हुनुहुन्छ ः उहाँको नाऊँ परमेश्वर हो । उहाँले सारा ब्रहृमाण्ड,पृथ्वी र सबै कुरा सृष्टि गर्नु भयो । यस्तो जो स्वाचालित यन्त्रको रुपमा होइन, तर प्राकृतिक नियमहरुमा चलिरहन्छ । तर परमेश्वरले मानिसलाई त्यो भन्दा पनि बढ्ता गरेर बनाउनुभयो जसले आफ्नो निर्णय आफै गर्न सक्छ ।

यो स्वतन्त्रतालेसमस्या सिर्जना गर्नसक्छः तपाई सृष्टिकर्ताको योेजनामा रहन पनि सक्नुहुन्छ वा आफ्नै लागि मात्र पनि जिउन सक्नुहुन्छ ? हरेक मानव स्वार्थी छ, गलत निर्णय गर्छ, परमेश्वरको विरुद्धमा जान्छ – (“पाप”)। यी पापहरुले स्वतः तपाईको जीवनको अन्तमा न्याय वा दोषी परिणाम ल्याउनेछ र तपाईको जीवनको अन्तिम क्षणमा तपाई परमेश्वर विहिन हुनुहुने छ र स्वर्गमा प्रवेश पाउनुहुने छैन ।

तर तपाईको यस्तो भविष्य परमेश्वर इच्छा होईन । परमेश्वरले तपाइलाई प्रेम गर्नुहुन्छ र तपाईसंग सम्बन्ध राख्न चाहनुहुन्छ ः अहिलेको यो जीवनमा र मृत्यु पछि पनि । त्यसैकारणले गर्दा परमेश्वरले एक समाधानको रुपमा आफैलाई प्रस्तुत गर्नुभएको छ ।

परमेश्वरले आफनो एकलौटे पुत्र येशु ख्रिष्टलाई यस संसारमा पठाउनुभयो। उहाँ एकमात्र सिद्ध मानिस हुनुहुन्छ । प्रभु येशुले तपाइको लागि उहाँको जीवन र रगत क्रुसमा बलि चढाउनुभयो । यसरी मात्र मानिसहरुको मुक्ति सम्भव थियो । तपाइको सबै भुल र गल्तीको दण्डको स्थान येशु ख्रिष्टले लिनुभयो । उहाँ मृत्यू भन्दा पनि शक्तिशाली हुनुहुन्छ भनी प्रमाणित गर्न, येशु ३ दिन पछि, मृत्युबाट पुर्नरुत्थान हुनुभयो । अहिले प्रभु येशु परमेश्वरसँग स्वर्गमा हुनुहुन्छ ।

छोटाकरीमा तथ्यहरु यी नै हुन । परमेश्वरसंगको सम्बन्धको आवश्यकता चाही यही हो कि तपाइको पाप र गल्तीको लागि येशु ख्रिष्ट जो परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ मर्नुभयो र मृत्युबाट पुर्नरुत्थान हुनुभयो भनी विश्वास गर्नु हो । तपाइले येशु ख्रिष्टलाई तपाइको मुक्तिदाता र प्रभु भनेर स्वीकार गर्नु पर्नेछ ।यसरी मात्र परमेश्वरले तपाईको येशु ख्रीष्टसँगको अनन्त जीवनको निश्चयता दिनुहुन्छ ।

परमेश्वर तपाईको भूल गल्ती र अनाज्ञाकारीताहरु क्षमा गर्नुहुन्छ । किनकी येशु ख्रीष्ट प्रतिको तपाईको विश्वासले गर्दा परमेश्वरले तपाईलाई आफ्नो सन्तानको रुपमा स्वीकार गर्नुहुन्छ । प्रायजसो मानिसहरु परमेश्वरलाई इन्कार गर्छन् ा तर कोही मानिस भने केही त छ भनेर विश्वास गर्छन् तर के हो भनी खोजी गर्दैनन् । अथवा विज्ञानले जीवनको बारेमा जे देखाएको छ त्यही कुरमा विश्वास गर्छन् । अहिले र यो जीवन पश्चात पनि येशु ख्रीष्ट माथिको विश्वासले मात्र परमेश्वरसँगको सम्बन्ध सम्भव छ

तपाईंको हप्ताको लागि इमेल रिमाइन्डर सेट गर्नुहोस्